• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

छानबिन समितिको प्रतिवेदन- ‘अल्मुताइरी अस्वस्थ र गैरव्यावसायिक छन्, उनको विकल्प खोज्नुपर्छ’



काठमाडौं । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन अखिल नेपाल फुटबल संघसमक्ष बुझाएको छ ।

प्रतिवेदनमा नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औँल्याइएको छ । बयानमा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा छानबिन समितिले एएफसी कप छनोटपछि कतार फुटबल संघको प्राविधक सहयोगमा नेपाल आएका अल्मुताइरीको विकल्प खोज्न सुझाव पनि दिएको छ । प्रतिवेदनमा उनी गैरव्यावसायिक भएको र खेलाडीको व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्न खोजेको बताइएको छ ।

समितिले एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीलाई माफी माग्न लगाएर राष्ट्रिय टोलीमा ल्याउन सुझाव दिएको छ । बन्द प्रशिक्षणका क्रममा प्रशिक्षक अल्मुताइरी र खेलाडीबीच विवाद भएपछि रोहित चन्दले शिविर छोडेका थिए । त्यसको दुई दिनपछि पुनः नौ जना खेलाडीले बन्द शिविर छोडेका थिए ।

खेलाडीहरुले प्रशिक्षक अल्मुताइरीले नै बन्द शिविर छाड्न निर्देशन दिएपछि आफूहरु शिविरबाट बाहिरिएको दाबी गरेका छन । एन्फाले सो छानबिन प्रतिवेदन आज शुक्रबार सार्वजनिक गर्ने बताइएको छ ।