६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा लिभरपुललाई धक्का लागेको छ । भर्खरै सम्पन्न खेलमा उसले वेस्टहाम युनाइटेडसँग अंक बाँड्यो ।

वेस्टहामको घरेलु मैदान लण्डन स्टेडियममा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको ४३ औं मिनेटमा जोरोर्ड बोइनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा एन्ड्रीउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई १–१ को बराबरी गोल फर्काए । त्यसपछि ६५ औं मिनेटमा एस्टन भिल्लाका गोलकिपर अल्फेन्सो एरोइलाले आत्मघाती गोल गर्दा लिभरपुल २–१ ले अघि बढ्यो ।

कोडी गाक्पोले प्रहार गरेको बल वेस्टहामका डिफेन्डरलाई लाग्दै एरोलालाई छोएर गोल हुन पुगेको थियो ।

७७ औं मिनेटमा माइकल एन्टोनिओले हेडरमार्फत सुन्दर गोल गर्दै वेस्टहामलाई २–२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुल ३५ खेलबाट ७५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आर्सनल ३४ खेलबाट ७७ अंकसहित शीर्षस्थानमा रहँदा ३३ खेल खेलेको म्यान्चेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा छ ।