२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी



अ+ अ-

गोरखा । गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् । माओवादी केन्द्रका कृष्ण राना मगर आठ हजार ९६४ मत ल्याई नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजनराज पन्त सात हजार १०८ मत ल्याई पराजित भए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित पन्तले रानालाई एक हजार ५३४ मतले पराजित गरेका थिए । अहिले रानाले पन्तलाई एक हजार ८५६ मतले पराजित गरेका छन् । नगर प्रमुखमा उम्मेदवारी दिएकी नेकपा (एमाले) की सम्झना देवकोटाले चार हजार १०९ मत प्राप्त गरिन् ।

नगर उपप्रमुखमा कांग्रेसकी उम्मेदवार मसली माया थोकर सात हजार ४५३ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का नारायण खत्रीले छ हजार ७१८ मत हासिल गरे ।

गोरखा नगरपालिका रहेका १४ वटा वडामध्ये वडा नं १, २, ९, १०, १२ र १३ वडाका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले वडा नं ४, ७, ८, ११ र १४ तथा नेकपा एमालेका उम्मेदवारले वडा नं ३ र ५ मा विजय हासिल गरेका छन् । वडा नं ६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।