२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग आर्सनल पराजित, शीर्ष चारमा उक्लिने अवसर गुमायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएको हो ।

खेलको ५५ औं मिनेटमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेपछि न्युक्यासलले घरेलु मैदानमा सुरुवाती अग्रता बनाएको थियो । ८५ औं मिनेटमा ब्रुनो गिमारेजले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।

पराजित भएसँगै आर्सनलले शीर्ष चारमा उक्लिने मौका गुमाएको छ । उसले अब अन्तिम खेलमा टोटेनहमको नतिजा कुनुपर्ने भएको छ । टोटेनहम पराजित भएमा र आर्सनलले खेल जितेमा मात्रै आर्सनल शीर्ष चारमा रहेर लिग सक्नेछ ।

३७ खेल खेलेको आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा रहेको छ । समान खेल खेलेको टोटेनहम ६८ अंकसहित चौंथो स्थानमा रहेको छ ।

समान खेलबाट ४६ अंक जोडेको न्युक्यासल १२ औं स्थानमा छ ।