• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

हेटौंडामा १६६०७ मत गणना : मीना कुमारी लामाको अग्रता कायमै



मिना कुमारी लामा

हेटौंडाः स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता कायम राख्नु भएको छ ।

१६ हजार ६०७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३१० मत बढी प्राप्त गर्नु भएको छ । सोमबार साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार लामाले ५ हजार २४५ मत पाउनु भएको छ । निकटतम प्रतिस्पर्धी राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ९३० मत ल्याउनुभएको छ ।

नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ३८४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । अहिले ३, ४, ५, १६, १७ र १८ नम्बर वडाको मतगणना भइरहेको छ । हेटौंडामा कांग्रेसले २ र एमालेले एक वडामा जीत हात पारेका छन् ।