• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष



काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार विजयी भएका छन् ।

माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरले नेपाली कांग्रेस–नेकपा (एमाले) र विप्लव गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

बुढामगरले दुई हजार १२२ मत पाएका थिए भने पराजित गठबन्धका उम्मेदवार दलजित रोकाले एक हजार ५०५ मत मात्र पाए ।

विप्लवबाट कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका रोकाले लौरो चिह्न पाएका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढामगर निर्वाचित भएकी छिन् । उनले दुई हजार मत पाएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी विप्लव समूहबाट उम्मेदवारी दिएका रायबहादुर पुनले एक हजार ४५० मत पाए ।