१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना

खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को पूर्णरूपमा कार्यान्वयन नभएको अवस्थामा खेलकुद मन्त्रालयले संशोधन प्रक्रिया अगाडि बढाएको हो । यो ऐनअनुरूप समान प्रकृतिका खेलको समानान्तर दुई संघ हुनु हुँदैन र खेलकुदका कर्मचारी संघमा बस्न पाउने छैनन् । यद्यपि, अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दोका दुई संघ समानान्तर रूपमा विद्यमान छन् । परिषद्का कर्मचारी पनि अटेर खेल संघमा बसेका छन् । ऐनमा समावेश गर्न छुटेका विषय राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को पनि कार्यान्वयन पूर्णरूपमा पालना हुन सकेको छैन ।

नियमावलीअनुसार प्रत्येक राष्ट्रिय संघले आफ्नो विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्विकृत गराउनु पर्छ । यद्यपि, नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ र नेपाल स्की संघले नियमावलीको पालना गरेका छैनन् । यद्यपि, विद्यमान ऐन र नियमावाली नै पालना नभएको अवस्थामा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नयाँ खेलकुद नीति निर्माण गर्ने भन्दै छलफल अगाडि बढाउनुभएको छ ।

शुक्रवार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुद मन्त्रालयले वृहत छलफल र सुझाव संकलन कार्यक्रमको शुरूवात भएको हो । छलफलको शुरूवातमा मन्त्रालयले राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवसँग सुझाव संकलन गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को पूर्णपालना नगरेको नेपालका तेक्वान्दो महासंघका महासचिव दीपराज गुरुङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवले नै संघहरु पूर्णरुपमा स्वायत्त हुनुपर्ने र ऐन निर्माणमा संघकै भुमिका रहनुपर्ने जस्ता धारणा राख्नुभयो ।

सो छलफलमा ५० भन्दा बढी संघको सहभागीता रहेको थियो । अधिकांश सहभागी संघका पदाधिकारीले संघको स्वायत्तताको विषयमा जोड दिए । साथै प्रदेश र संघबीचको नीतिले समस्या भएको कारण नीतिमा परिमार्जनमा जोड दिएका छन् । योसँगै लिखित रूपमा र भौतिक रूपमा मन्त्रालयमा पुगेर पनि सुझाव दिनसक्ने व्यस्था रहेको जानकारी पनि मन्त्रालयले जानकारी गराएको छ ।

खेलकुदमन्त्री श्रेष्ठले सबैको सल्लाह सुझावलाई मन्त्रालयले मनन गर्ने भन्दै नीति र ऐेनमा संघको सहभागीता प्रमुख रहेको बताउनु भयो । साथै मन्त्री श्रेष्ठले सुशासन र वित्तीय सुशासनमा मन्त्रालय निर्मम रहने पनि स्पष्ट पार्नुभयो । अब मन्त्रालयले खेलाडी, प्रशिक्षक, रेफ्री, कर्मचारी, पत्रकार लगायतका सरोकारवालासँग पनि यही कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । —न्युज एजेन्सी नेपाल