२३ मंसिर २०८२, मंगलवार
,
Latest
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा एनपिएलमा ३६ अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली



अ+ अ-

नवलपरासी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ । ” यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गर्नुभएको छ । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गर्नुभएको हो ।

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गर्नुभएको थियो । सो अवसरमा उहाँले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गर्नुभयो । “तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गर्नुभयो ।