१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन

काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि घरवहाल कर लगायतको बजार अनुगमन शुरु गरेको छ ।

महानगरपालिकाको राजश्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजश्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको छ । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेको छ । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनु भयो । उहाँले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताउनु भयो । उहाँले घर भाडा तिरेको बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले बिचार गर्नुपर्ने देखिएको बताउनु भयो । उहाँले वास्तविक भाडा अनुसार घरबहाल कर तिर्नुपर्ने कानून बनाएर असुल गर्न आवश्यक देखिएको बताउनु भयो ।

नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बजारमा चलेको भाडा भन्दा कममा बहाल सम्झौता भएको पाइएको बताउनु भयो । उहाँले २०७३ साल देखि २०८० सम्म करिव ७ वर्षको बहालकर व्यवसायीहरुले जम्मा २६ हजार मात्रै तिरेको देखिएको बताउनु भयो । उहाँले न्युरोड क्षेत्रमा नै एउटा सटर भाडा ४ हजारसम्म सम्झौता भएको देखिएको बताउनु भयो । महानगरले बहालकर १० प्रतिशत लिने गरेको भन्दै यति सस्तोमा सटर पाउने ठाउँ नभएको बताउनु भयो । उहाँले अनुगमनको क्रममा कतिपय पसलहरु नविकरण नभएको पाइएको बताउनु भयो । उहाँले धेरै व्यवसायीहरुले व्यवसाय कर र बहाल कर नबुझाएको पाएको भन्दै अनुगमनको रिपोर्ट महानगरपालिकालाई बुझाएर नियम अनुसार कारबाही गरिने बताउनु भयो ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।