१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन
file photo
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन,आइटी,जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन,आइटी,जलविद्युत,खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिष्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको बताउनु भयो । मन्त्री पुनले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिनेमा जोड दिनुभयो । उहाँले शिक्षा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतसम्म खर्च गर्नेगरी नीतिगत सुधार गर्न सुझाव आएको भन्दै त्यसमा सरकारको ध्यान गएको बताउनु भयो ।

मन्त्री पुनले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनु भयो । उहाँले कृषिमा भएको बजार र खपत भएका वस्तुहरुलाई प्रतिस्थापन गर्ने योजना सरकारको रहेको सुनाउनु भयो । उहाँले निर्वाहमुखी कृषि भएकाले ३ खर्ब बढी वार्षिक रुपमा कृषि बस्तुहरु आयात गरिरहेको भन्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसको लागि कृषि क्षेत्रमा नीतिगत रुपले उत्पादनमा सहुलियत दिएर बजार र उद्योगसँग जोडी आधुनिकरण गर्ने योजना रहेको बताउनु भयो । उहाँले किसानको बजारको ग्यारेन्टी गर्नेगरी निजी क्षेत्र,किसान र सरकारको सहकार्यमा कृषिलाई प्रवद्र्धन गर्ने बताउनु भयो । उहाँले सबै काम सरकारले गर्ने भन्दा पनि निजी क्षेत्रलाई नीनिगत रुपमा सहजिकरण गर्ने नीति सरकारको रहेको स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा बोल्दै मन्त्री पुनले कानूनले महालेखापरीक्षकको कार्यालयले बेरुजु फछ्र्यौट गर्ने गरेको भनेपनि अहिले अर्को निकायले गर्नुपर्ने लेखा समितिको निर्देशनका आएको भन्दै कसले गर्ने ? भन्ने अधिकारमा समस्याका कारण रोकिएको बताउनु भयो । उहाँले बेरुजु फछ्र्यौट गर्नसक्ने लेखा समितिसँग त्यो स्तरको जनशक्ति नभएकाले समस्या हल गर्न नसकिएकाले पछिल्लो समय बेरुजु बढी देखिएको बताउनु भयो । उहाँले स्थानीय निकायहरुमा बेरुजु फछ्र्यौट गर्ने निकाय नै बनाउन नसक्दा पनि बेरुजु बढेको दाबी गर्नुभयो । उहाँले बेरुजु बढे पनि सरकार सुशासनतर्फ उन्मुख भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सरकारको धारणा छ । कृषिमा भएको बजार र खपत भएका वस्तुहरुलाई प्रतिस्थापन गर्ने योजना छ । अहिले निर्वाहमुखी कृषि गरिरहेका छौं । ३ खर्ब बढी वार्षिक रुपमा कृषि बस्तुहरु आयात गरिरहेका छौं । कृषिमा आत्मनिर्भर बन्नुछ । अर्कोतिर आयात प्रतिस्थापन गर्नको लागि पनि कृषि क्षेत्रमा नीतिगत रुपले उत्पादनमा सहुलियत दिनुपर्ने देखिएको छ । कृषिलाई निर्वाहमुखी भन्दा बजार र उद्योगसँग जोड्ने आधुनिकरण गर्न सकिने गरी काम गर्ने तयारीमा छौं । कृषिमा निजी क्षेत्रलाई ल्याउने र किसानको बजारको ग्यारेन्टी गर्ने गरी निजी क्षेत्र,किसान र सरकारको सहकार्यमा कृषिलाई प्रवद्र्धन गर्नेछौं । यो क्षेत्रमा सबै सरकारले गर्न सक्दैन तर नीतिगत रुपमा सहजिकरण गर्ने हो ।’

‘प्रतिस्पर्धी क्षेत्र पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि सरकारको प्राथमिकतामा छ । आगामी बजेट मार्फत प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउने जोड हुन्छ । शिक्षा र स्वास्थमा पनि जोड दिन्छौं । १० प्रतिशतसम्म खर्च गर्न सुझाव आएको छ । त्यसमा सरकाराको ध्यान दिनेछौं । बजेट बेरुजुको विषयमा पछिल्लो कानूनले महालेखापरीक्षकको कार्यालयले बेरुजु फछ्र्यौट गर्ने गरेकोमा अहिले अर्को निकायले गर्नुपर्छ भनेर लेखा समितिले भनेको छ । त्यसमा अहिले अधिकारमा समस्या भएर रोकिएको छ । लेखा समितिसँग त्यो लेभलको जनशक्ति पनि नभएकाले समस्या हल गर्न नसक्दा पछिल्लो समय बेरुजु बढी देखिएको छ । स्थानीय निकायहरुमा बेरुजु फछ्र्यौट गर्ने निकाय नै बनाउन नसक्दा पनि बेरुजु बढेको छ । विगत भन्दा सरकार कुशासन नभएर सुशासनतर्फ उन्मुख भएको छ । त्यो सरकारले भनेको भन्दा पनि तथ्याङ्कले देखाएको छ ।

उहाँले माघ महिनामा नै बजेटको सिलिङ १८ खर्ब तोकिएकाले त्यही अनुसार मन्त्रालयगत सिलिङका आधारमा बजेट आउने बताउनु भयो । उहाँले छलफल भन्दा अगाडि बजेटको सिलिङ तोकिएकाले सिलिङ भन्दा बाहिर जान नसकिने बताउनु भयो । मन्त्री पुनले बजेटला वस्तुगत र सहभागितामुलुक बनाउने प्रयासमा सबै सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पुनले बजेटमा स्रोतमा संकुचन रहेकाले मन्त्रालयगत रुपमा बजेट वृद्धि गर्न माग भएपनि सक्ने अवस्था नभएको बताउनु भयो । राष्ट्रिय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने बताउनु भयो ।

उहाँले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एशियाली विकास बैंकले ३.६ भनेको भएपनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको उल्लेख गर्नुभयो । उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गर्नुभयो । अर्थमन्त्री पुनले आन्तरिक र वाह्य कारणले अर्थतन्त्र शिथिल भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताउनु भयो । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको बताउनु भयो ।