२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जोकलाल बुढा तमानखोलाको अध्यक्षमा निर्वाचित



अ+ अ-

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दुई हजार ७०७ मत ल्याएर जोकलाल बुढा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका बुढासँग पराजित भएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवबहादुर पुनले एक हजार ९९५ मत हासिल गरे । त्यस्तै नेकपा (एमाले) का देवेन्द्र छन्त्यालले ३९२ मत पाए ।

जिल्लाका अन्य पालिकामा पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल भए पनि तमानखोलामा अध्यक्ष पदमा कांग्रेस र माओवादी केन्द्रले प्रतिस्पर्धा गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी निसु रसाइली एक हजार ९५८ मतसहित विजयी भइन् ।

छ वटा वडा रहेको सो गाउँपालिकामा वडा नं १, २ र ४ मा वडाध्यक्षमा माओवादी केन्द्र तथा वडा नं ३, ५ र ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।