२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद २ मा एमालेको प्यानलै विजयी



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमालेबाट वडाध्यक्ष उम्मेदवार दिनेश कुमार थापा १ हजार ५६१ मतसहित निर्वाचित भए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिम बहादुर थापाले ६ सय ५६ मत ल्याए ।

यस्तै, खुल्ला सदस्यमा मेख बहादुर थापा १ हजार ३४१, प्रेम राना एक हजार २९८, दलित महिला सदस्य सुष्मा नेपाली १ हजार ७१ र महिला सदस्य स्यानीमाया थापा १ हजार ४७८ मतसहित विजयी बने ।

सो वडामा नेकपा एमालेबाट मेयर उम्मेदवार दधिराज सुवेदीले १ हजार ३३२ मत ल्याए भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ६१९ मत ल्याए । यस्तै, उपमेयरमा एमालेकी शारदा खनालले १ हजार ३३३ मत ल्याइन् भने कांग्रेसका मिलन आलेले ८३७ मत ल्याएका छन् ।

यसअघि भिमादको ३ नम्बर वडामा पनि एमालेका पदम राज सेनको प्यानलै विजयी बनेको छ ।