१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

अस्ट्रेलियाली क्रिकेटर एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा निधन

अस्ट्रेलियाली क्रिकेटर एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा निधन
एन्ड्रु साइमन्ड्स
अ अ+ अ-

सिड्नीः अस्ट्रेलियाका प्रतिभाशाली पूर्व क्रिकेट खेलाडी एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा परेर निधन भएको छ ।

अस्ट्रेलियाले यसै वर्ष शेन वार्न र रड मार्श जस्ता प्रतिभाशाली क्रिकेट खेलाडी पनि गुमाइसकेको छ ।

४६ वर्षीय अलराउन्डर क्रिकेट खेलाडी साइमन्ड्सले अस्ट्रेलियाका लागि सन् १९९८ देखि २००९ सम्मको अवधिमा २६ वटा टेस्ट तथा १९८ वटा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

उनको शनिबार राति क्वीन्सल्यान्डको टाउन्सभिल्ले बाहिरको सडकमा कार दुर्घटना भएर निधन भएको प्रहरीले जनाएको छ । त्यस बेला उनी कारमा एक्लै थिए । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरे पनि चिकित्सकहरुले बचाउन सकेका थिएनन् ।

एन्ड्रु साइमन्ड्स

अस्ट्रेलियाली क्रिकेटका अध्यक्ष लाच्लान हेन्डरसनले अस्ट्रेलियाले अर्का एक उत्कृष्ट खेलाडी गुमाएको प्रतिक्रिया दिएका छन् । “अस्ट्रेलियालाई विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका साइमन्ड्सको निधनले अस्ट्रेलियाका साथै क्वीन्सल्यान्डको समृद्ध क्रिकेट इतिहासमा ठूलो क्षति पुगेको छ ।”

उनको निधनको खबरले अस्ट्रेलियाका साथै विश्वभरका क्रिकेट खेल प्रेमीहरुले दुःख व्यक्त गर्दैै समवेदना व्यक्त गरिरहेका छन् ।