२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गर्नुभएको छ । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेका छन् । रासस