५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा कांग्रेसको अग्रता: वडा नं १ मा कांगे्रस र २ मा माओवादी विजयी



अ+ अ-

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गर्नुभयो ।यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गर्नुभयो ।

चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गर्नुभएको जनाइएको छ । रासस