३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा एमालेको अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिनुभयो । यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गर्नुभएको छ ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।