११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पाको जगदुल्लाबाट नारासिंहले खोले माओवादीका लागि पहिलो खाता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पहिलोपटक खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार नारासिंह रोकाय विजयी बनेका छन् ।

रोकायले जितका लागि ७७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार हेमबहादुर महताराले ७४६ मत हासिल गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा समेत माओवादी केन्द्रकै उम्मेदवार अमरिता बोहोरा ७५९ मत ल्याइन विजयी बनिन् । प्रतिद्वन्द्वी एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याइन् ।

जम्मा ६ वटा वडा रहेको जगदुल्लामा वडा नं १, ३ र ६ मा एमालेका उम्मेदवार, वडा नं ४ र ५ मा माओवादी केन्द्रका उम्मेदवार र वडा नं २ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।