२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा कांग्रेसको फराकिलो अग्रता



अ+ अ-

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

बुटवलमा पछिल्लो समय एक हजार ४०० मतगणना हुँदा पाण्डेले ६०३ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत हासिल गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार बाबुराम भट्टराईले २३९ मत पाएका छन् ।

सो उपमहानगरको उपमेयरमा भने राप्रपाकी भगवती पाण्डे सबैभन्दा अगाडि छिन् । उनले ३१९ मत पाएकी छिन् । दोस्रो स्थानमा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ र तेस्रो स्थानमा पाँच दलीय सत्तागठबन्धनबाठ नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चिनबहादुर गुरुङ २४३ मत हासिल गरेका छन् ।