काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती अग्रता बनाएकी छन् । ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन् ।
यो दुईतिहाइभन्दा बढी हो। उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।
उता काठमाडौं महानगरपालिकाको मेयरमा भने कडा प्रतिस्पर्धा भइरहेको छ । ७५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
काठमाडौं वडा नम्बर १ र ३२ मा मतगणना थालिएको छ। वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११ र वडा नम्बर ३२ मा २५ मत गन्दा ११ गरी २२ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १३ मत ल्याएका छन् ।










