२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित



अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवनका एक पूर्वसांसद्सहित पाँच नेता तथा कार्यकर्तालाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले चितवनस्थित भरतपुर–१ का पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर–४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पार्टीले निलम्बन गरेको थियो । पौडेलले पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट मेयरमा उम्मेदवारी दिएकी रेनु दाहाल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।