३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल

विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गर्नुभएको छ ।

अकल्पनीय विपदले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले, उद्धारको पर्खाइमा रहनुभएका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउने मानवीय सहयोगका लागि जुट्न आग्रह गर्नुभएको हो ।

संकट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले, तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गर्नुभएको छ । ‘यो दुःखलाई केवल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन ।

हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु ।’ डंगोलले अपिल गर्नुभएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उहाँले, भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँ महानगरपालिका बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै उहाँले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ ।