२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले मुक्त गर्यो धर्मेन्द्र बास्तोलालाई



अ+ अ-

दाङ । बुटवलमा भएको बम विष्फोटनको घटनामा नेकपा (बहुमत) को संलग्नता भएको आशंकामा पक्राउ परेका सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले करिब सात घण्टापछि छाडेको छ ।

दाङस्थित इलाका प्रहरी कार्यालय भालबाङले पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे नियन्त्रणमा लिएको थियो । बम विष्फोटको घटनामा सो पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको भालुबाङ प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा सो पार्टीको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई रिहा गरेको हो । बाँस्तोलासँगै प्रहरीले बास्तोलाका सहयोगीहरु राजेन्द्र साउद र अचल मोक्तानलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनीहरुलाई पनि प्रहरीले मुक्त गरेको छ ।

सोधपुछका क्रममा संयोजक बास्तोलाले नेकपा (बहुमत) ले चुनाव बहिष्कार गर्ने नीति नलिएको बताएका थिए । बास्तोला पक्राउ परेलगत्तै सो पार्टीको केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पनि विज्ञप्ति जारी गर्ने पार्टीको चुनाव बहिष्कार गर्ने नीति नभएको बताएका थिए ।