८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक निर्वाचनमय भएको छः आयुक्त तुलाधर



अ+ अ-

काठमाडौं । निर्वाचन आयुक्त डा जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।” 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई विश्वासनीय र शुद्धता कायम गर्न तथा मतदानका समयमा हुने मनोवैज्ञानिक त्रास हटाउन सबै पक्ष मिलेर काम गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने सन्दर्भमा बरदान र अभिसाप दुवै भएको छ, हाम्रो जस्तो मुलुकमा अफवाह र हल्लाका आधारमा धेरै काम हुने गर्छ, सत्य र असत्यको परीक्षणपछि मात्र सूचना दिँदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयसहित तुल्याउन सकिन्छ ।” 

निर्वाचनका समयमा प्रवाह हुने भ्रमपूर्ण सूचना र दुष्प्रचारलाई रोक्न इन्टरनेटमा जोडिएको ठूलो सङ्ख्याका मतदातालाई समयमै सजग र सेचत गराउन आवश्यक रहेको बताउँदै उहाँले मित्थ्या समाचारले लोकतन्त्रलाई चुनौति, मतदातालाई अन्योल र उम्मेदवारको चरित्र हत्यामा असर गर्ने भएकाले त्यसप्रति सरकार र सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था नेपाल मतदाता अधिकार मञ्चका उपाध्यक्ष निर्मला शर्माले निर्वाचनको बेला सूचना प्रविधिको प्रयोग सदुपयोग र दुरुपयोगको गहन अध्ययन र विश्लेषण गरी सकारात्मक पक्षलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो । 
 




भर्खरै