४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलले लिड्सलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने दाउमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन दुबै गोल एड्डी केटियाहले गरे । उनले ५ औं र १० औं मिनेटमा गोल गरेका हुन् । लिड्सका डिएगो लोरेन्टेले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा लुक एलिंगले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि लिड्स १० खेलाडीमा सिमित बनेको थियो ।

जितसँगै आर्सनल ३५ खेलबाट ६६ अंकसहित चौंथो स्थानमा रहेको छ । लिड्स भने ३५ खेलबाट ३४ अंकसहित १८ औं स्थान अर्थात् रेलिगेसन जोनमा रहेको छ ।