६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलले लिड्सलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने दाउमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन दुबै गोल एड्डी केटियाहले गरे । उनले ५ औं र १० औं मिनेटमा गोल गरेका हुन् । लिड्सका डिएगो लोरेन्टेले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा लुक एलिंगले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि लिड्स १० खेलाडीमा सिमित बनेको थियो ।

जितसँगै आर्सनल ३५ खेलबाट ६६ अंकसहित चौंथो स्थानमा रहेको छ । लिड्स भने ३५ खेलबाट ३४ अंकसहित १८ औं स्थान अर्थात् रेलिगेसन जोनमा रहेको छ ।