९ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार दीपक भट्ट र शंकरलाल अग्रवालका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको छ। यसअघि उक्त मुद्दाको अभियोगपत्रमा उनलाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।

पक्राउपछि अग्रवाललाई बुधबार नै थुनछेक प्रयोजनका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।उक्त बैंकिङ कसुर मुद्दामा अदालतबाट थुनछेकसम्बन्धी आदेश आउन बाँकी रहेको प्रहरीले जनाएको छ।