१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । 

आज (मंगलबार) अपरान्ह ४ बजेपछि नयाँ बानेश्वरमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् । 

सम्पादकसँग ओलीको यो छलफल सरकारबाट बाहिरिएपछि पहिलोपटक रहेको छ । 

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको बताइएको छ । 

प्रधानमन्त्री रहँदा ओलीले दुई–तीन पटक सम्पादकहरुसँग छलफल गरेका थिए ।