२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित

‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेविज दिवस २०७८’ मनाइँदै

‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेविज दिवस २०७८’ मनाइँदै
अ अ+ अ-

काठमाडौं । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेविज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो । कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताउनुभयो । उहाँले घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०÷१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताउनुभयो ।

निर्देशक डा. पौडेलले भन्नुभयो, ‘विशेष यो रेबिज जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना हुनु भएको तथ्यांक छ, धेरै डेथहरु पनि भएको छ, बचाउन मिल्ने डेथ भएको छ, मैले पाएको तथ्यांकअनुसार महिनामा करिव करिव एकदेखि दुई जनाको डेथ भएको छ टेकु अस्पतालमै, देशभरको तथ्यांक छैन,रेबिज बास्तवमा घरपालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो,केही लक्षण छैन, ठीकै छ भनेर खोप लगाउँदैनौँ,त्यसले बचाउन मिल्ने व्यक्तिहरुको पनि दुःखद् निधन भएको छ,त्यसैले सचेत बनौँ, आतंकित होइन ।’

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा। अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताउनुभयो । उहाँले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताउनुभयो । कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शुन्यमा ल्याउन सकिने बताउनुभयो । उहाँले रेबिजबाट मृत्यु हुनेहरुको तथ्यांक मानिसको मात्रै नभइ जनावरहरुको पनि यकिन तथ्यांक राख्न सरकारले काम गरिरहेको बताउनुभयो ।

निर्देशक बाँस्तोलाले भन्नुभयो, ‘वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेका छन्,कुकुर र अन्य जनावरले टोकेका मानिसहरुको संख्या ३,४ हजारको मासिक सुइ लगाउन आउनेको संख्या हुन्छ भने रेबिज संक्रमित नै भएर सुइ लगाउन आउनेहरुको संख्या वर्षेनी २ दर्जन जति हुन्छ,रेबिजको परिपेक्षमा हेर्ने हो भने हामीले रेबिजलाई मोटिफाइबल डिजिजको रुपमा अघि बढाउनुपर्छ भन्ने कुराहरु अगाडि सारेका छौँ,यसको पछाडिको मुख्य कारण के छ भने यसको यकिन तथ्यांक छैन, टेकु अस्पताल बाहेकका अस्पतालमा उपचाररत गर्नेहरुको डेटा छैन, मानिसमा मात्रै होइन जनावरमा हुने रेबिजको पनि हामीले तथ्यांक राख्नुपर्छ भनेर कुरा अघि बढाएका छौँ, नेपालमा कुकुरबाट मानिसमा हुने रेबिजलाई शुन्य बनाउने भन्ने लक्ष्य सरकारले राखेको छ, २०३० सम्ममा, यसलाई पूरा गर्नको लागि मुख्य तीन वटा कामहरु गर्नुपर्नेछ, एउटा कुनै पनि जनावरको टोकाइपछि लगाउने खोपलाई आम सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा सबै स्थानमा पुर्याउने, अर्को भनेको कुकुरलाई रेबिज नहोस् भनेर त्यसविरुद्धको खोप लगाउनुपर्छ, कुकुरको जनसंख्यामा नियन्त्रण हो, यो केही वर्ष लाग्न सक्छ, यदी साच्चै २०३० सम्ममा कुकुरबाट मानिसमा हुने रेबिजलाई शुन्य बनाउने कुरा छ यसलाई परिपूर्ण गर्न यी तीन पिल्लरका कामहरु गर्नुपर्छ ।’

निर्देशक बाँस्तोलाले विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताउनुभयो । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो ।