२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा मानवीय सहायताको खाँचो छ: संयुक्त राष्ट्रसंघ



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । 

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए । 

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए । संयुक्त राष्ट्रसंघले यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ । 

मुख्यगरी यहाँको यांगुन शहर र अर्को बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ । ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ ।