३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा मानवीय सहायताको खाँचो छ: संयुक्त राष्ट्रसंघ



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । 

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए । 

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए । संयुक्त राष्ट्रसंघले यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ । 

मुख्यगरी यहाँको यांगुन शहर र अर्को बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ । ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ ।