९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको मुद्दामा आज सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकिएको हो ।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ । पलले तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।

गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ ।

पलले आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरेका छन् । उता, नाबालिग पीडित र उनको बुबाले पनि अहिले बयान फेरिसकेका छन् ।