१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दोस्रो आन्दोलनपछि जनताले राजनीतिक स्थिरता चाहेपनि देशलाई खरानी बनाउने प्रयास हुँदैछ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले दोस्रो आन्दोलनपछि जनताले राजनीतिक स्थिरता चाहेपनि देशलाई खरानी बनाउने प्रयास भइरहेको बताएका छन् । 

राप्रपाको महोत्तरी जिल्ला अधिवेशन को सन्दर्भमा जलेश्वर पुगेका लोहनीले दोस्रो जनआन्दोलन पछि नेपाली जनताले राजनीतिक स्थिरता, सुशासन , प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचार माथि नियन्त्रण, आर्थिक अनुसासन र परराष्ट्र नितिको आशा गरिएपनि भ्रष्टाचार,अवसरवाद,अधिनायकवाद, र लम्पसारवादको राजनीतिक माहामारिमा देशलाई खरानी बनाउने प्रयास हुँदै गरेको बताएका छन् ।  

उनले यसविरुद्ध जनताको आवाज बोक्ने पार्टी राप्रपा रहेको बताउँदै जनतामा जनजिविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल पनि राप्रपा रहेको सन्देश पुर्याउन चुनौति रहेको उल्लेख गरे । 

उनले भने, ‘राष्ट्रनिर्माणको महा अभियानमा हामी लाग्नु परेको छ।भ्रष्ट र प्रजातन्त्रको पर्यावाची रहेको वर्तमान सरकार र कम्युनिस्ट विरुद्ध राप्रपा लडने सामर्थ्य राख्न सक्छ ।’

राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहने पार्टी रहेको बताउँदै उनले अधिवेशन पश्चात् आँधिवेरी र ज्वारभाटा उठ्ने खालको आन्दोलनको तयारीमा रहेको र त्यसको लागि कार्यकर्ता तयार रहन निर्देशन समेत दिए । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजेन्द्र लिङदेनले राप्रपा भित्र अनुसासन कायम रहने गरि आउँदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था,हिन्दुराष्ट्र राप्रपाकै बलमा स्थापना हुने बताए ।