१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्छः अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताउनुभएको हो । उहाँले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलीयत जरुरी छ । खासगरी साना लगानीका मिडियालाई । साना लगानीका मिडिया अब राज्यले विशेष रुपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन ? मलाई लाग्छ यस्ता मिडिया बचाउनका लागि निशुल्क इन्टरनेट सुविधा भइदियो भने केही राहत हुन्छ जस्तो मलाई लाग्छ ।’

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।