२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्छः अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताउनुभएको हो । उहाँले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलीयत जरुरी छ । खासगरी साना लगानीका मिडियालाई । साना लगानीका मिडिया अब राज्यले विशेष रुपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन ? मलाई लाग्छ यस्ता मिडिया बचाउनका लागि निशुल्क इन्टरनेट सुविधा भइदियो भने केही राहत हुन्छ जस्तो मलाई लाग्छ ।’

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।