१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय स्वास्थ्य सेवा प्राथमिकतामा: मुख्यमन्त्री



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा गोष्ठीमा उहाँले प्रदेशवासीलाई स्वास्थ्य सेवाको सहज पहुँच अभिवृद्धिका लागि सरकार निरन्तर लागेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका साथै प्रदेशवासीलाई खोप उपलब्ध गराउनका लागि सरकार लागिरहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले सरकारले प्रदेशमा सर्वसाधारणको स्वास्थ्य रक्षालाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका लागि खोपको व्यवस्था गर्न निरन्तर लागिएको बताउँदै उहाँले प्रदेशभित्र छ लाख ८५ हजार ५८० जनाले पहिलो मात्रा र पाँच लाख ९१ हजार ९४७ ले दुवै मात्रासमेत लगाइसकेको जानकारी दिनुभयो ।

प्रदेशका अर्थमन्त्री रामजी बराल९जीवन०ले कोरोना महामारीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी प्रशंसायोग्य भएको बताउनुभयो । स्वास्थ्य सेवाको गुणस्तरीयतालाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्वास्थ्य सेवा व्यवसाय नभई सेवा क्षेत्र भएको कुरा सबैले मनन गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना सङ्क्रमितको उपचारमा ज्यानको बाजी राखेर खट्ने स्वास्थ्यकर्मीको भूमिका उच्च प्रशंसायोग्य भएको उहाँले बताउनुभयो ।