१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’



अ+ अ-

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गर्नुभएको हो । बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो । गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताउनुभयो । साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।

छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गर्नुभयो । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गर्नुभयो ।