८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

काभ्रेमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी, सिन्धुपाल्चोकमा दुई हजार ११४ जना

काभ्रेमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी, सिन्धुपाल्चोकमा दुई हजार ११४ जना
अ+ अ-

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा (एमाले) एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरिएको छ । वडामा भने अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएका छन् । बनेपा नगरपालिका प्रमुखमा १० तथा उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा तीन र मण्डनदेउपुरको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा ६, पाँचखाल नगरपालिका प्रमुखमा ६, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार र उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्षमा आठ र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा चार–चार जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा चार–चार जना, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्यमा ४८७ र दलित महिला सदस्यमा ४३० जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा दुई हजार ११४ जनाको मनोनयन दर्ता

सिन्धुपाल्चोक : स्थानीय निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन् ।

प्रमुख÷अध्यक्षमा ९६, उपप्रमुख÷उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै २०६ खुला सदस्यमा ७७४, महिला र दलित महिला सदस्यमा क्रमशः ३६४ र २२७ जनाले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् ।