२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना नेताहरूद्वारा सामूहिक राजीनामा



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा ७ जना नेताहरूले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै सामुहिक राजीनामा दिएका छन् । मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा तनहुँ कांग्रेस पूर्व जिल्ला सचिव विश्व बास्तोला, कांग्रेस पूर्वा क्षेत्रीय सभापति महेश्वर भट्टराई, पार्टीका विभिन्न समितिमा रहेका चूडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले रहेका छन् ।

राजीनामा दिएकामध्ये महेश्वर भट्टराईले शुक्लागण्डकीको मेयरमा, दाहालले व्यास १ को वडा अध्यक्षमा, थापाले व्यास २ को वडा अध्यक्षमा, पौडेलले शुक्लागन्डकी नपा—३ को वडा अध्यक्ष र महतले शुक्लागण्डकी नपा—८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।