१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना नेताहरूद्वारा सामूहिक राजीनामा



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा ७ जना नेताहरूले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै सामुहिक राजीनामा दिएका छन् । मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा तनहुँ कांग्रेस पूर्व जिल्ला सचिव विश्व बास्तोला, कांग्रेस पूर्वा क्षेत्रीय सभापति महेश्वर भट्टराई, पार्टीका विभिन्न समितिमा रहेका चूडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले रहेका छन् ।

राजीनामा दिएकामध्ये महेश्वर भट्टराईले शुक्लागण्डकीको मेयरमा, दाहालले व्यास १ को वडा अध्यक्षमा, थापाले व्यास २ को वडा अध्यक्षमा, पौडेलले शुक्लागन्डकी नपा—३ को वडा अध्यक्ष र महतले शुक्लागण्डकी नपा—८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।