२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारीको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारविरुद्ध दायर गर्नुभएको मुद्दाको आज सुनुवाई हुँदैछ । सरकारले गैर कानूनी रुपमा आफूलाई निलम्बन गरेको दाबी गर्दै अधिकारीले दायर गर्नु भएको रिट न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

आज मुद्दाका दुवै पक्षले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारेमा आफ्ना धारणा राख्दै छन् । गत साता न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासको गभर्नर अधिकारीलाई गरेको निलम्बन कार्यान्वयन नगर्न र छानबिन समितिलाई काम नथाल्न आदेश दिएको थियो ।

आज अदालतले अन्तरिम आदेशलाई निरतरता दिए गभर्नर अधिकारीले कामलाई निरन्तरता दिनुहुने छ भने अन्तरिम आदेश खारेज भए उहाँ निलम्बनमा पर्नुहुने छ ।