५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ – उपसभापति गुरुङ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताउनुभयो । उहाँले पार्टीभित्र कसैले कसैलाई निषेध गर्नुनहुने पनि बताउनुभयो । पार्टीभित्रका वादविवादलाई सम्वादबाट समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कुनैपनि बाटोको ढोका बन्द गरेर पार्टीभित्र, आज पार्टी बाहिर त हामी वार्ता गरिरहेका छौँ भने पार्टी भित्र हामीले ढोका बन्द गरेर अघि बढ्न सकिदैन । निश्चित रुपमा हाम्रो एउटा परिवार हो । कांग्रेस एउटा घर हो र घर भित्रको हामी परिवार हौँ । परिवार भित्र कहिलेकाहीँ ठाटाक–ठुटुक पनि हुन्छ । घोचपेच पनि हुन्छ । कहिलेकाहीँ सम्वाद, वादविवाद हुन्छ । वादविवाद र सम्वाद बाट हामी समाधान खोज्ने प्रयत्न गरिरहेका छौँ ।

त्यसकारणले गर्दाखेरी म निवेदन गर्न चाहान्छु, आउने निर्वाचनमा कांग्रेसलाई जिताउनको लागि हामीले भरमग्दुर प्रयास गर्नु आवश्यक छ । कांग्रेस केन्द्रीय समितिमा भनेका छौँ, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पनि राखेका छौँ, कांग्रेसलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउन सकिन्छ । यो यो एजेण्डा, घोषणापत्र लेख्नुस् पनि भनेको छु । जनताको मन छुने खालको घोषणापत्र लिएर गयौँ भने जनताको मन मनमा बस्न सक्ने घोषणापत्रमा हामीले सुन्दर अक्षरले लेखेर अगाडी बढ्न सक्यौँ र त्यसलाई कार्यान्वयन गर्न सक्यौँ भने कांग्रेस ३०, ३५, ३७ प्रतिशतको कांग्रेस होइन, हाम्रो अभियान भनेको ५१ प्रतिशतको कांग्रेस बनाउने अभियान हो हाम्रो ।

रुमल्लिने कांग्रेस होइन, अल्मिल्लिने कांग्रेस होइन, ५१ प्रतिशतको कांग्रेस बनाउने अभियानमा धेरै अझैपनि संघर्षहरु बाँकी नै छन् । त्यही संघर्षको एउटा यात्रामा हामी छौँ । त्यो संघर्ष टुंगिएको छैन । संघर्ष अब सुरु भएको छ । एजेण्डासहितको, विचार सहितको ५१ प्रतिशतको कांग्रेस बनाउने हाम्रो अभिभारा हो । हाम्रो दायित्व हो ।’

उहाँले नेपाली कांग्रेसको वैचारिक धरातललाई छोडेर प्राविधिक रुपमा मात्रै अगाडी बढेमा दुर्घटना निम्तिन सक्ने बताउनुभयो ।