• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

आईपीएलः बैंगलोरले लखनउलाई १८ रनले हरायो



एजेन्सी । आईपीएल २०२२ को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले शानदार जित दर्ता गरेको छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको हो । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा बैंगलोरले १ सय ८१ रनको सफलता पूर्वक रक्षा गर्दै लखनउलाई १६३ रनमा सीमित गर्यो ।

बैंगलोरले यो सिजनको पाँचौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरका लागि फाफ डु प्लेसिसले ९६ रन बनाए भने जोस हेजलउडले चार विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरलाई दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जाइन्ट्सको सुरुवात राम्रो हुन सकेन । टोलीका ओपनर क्विन्टन डी कक मात्र तीन रनमा आउट भए र लखनउले १७ रनको स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । यसपछि मनिष पाण्डेले पनि खासै केही गर्न सकेनन् । उनी ६ रन बनाएर पभिलियन फर्किए । दुवै खेलाडीलाई जोस हेजलवुडले आउट गरेका थिए ।

त्यसपछि कप्तान केएल राहुलले केही द्रुत शट खेलेर इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे । तर, उनी पनि ३० रन बनाएर आउट भए । उनलाई कार्तिकको हातबाट हर्षल पटेलले क्याच आउट गराएका थिए ।

एक समयमा लखनउको टोली ६४ रनमा तीन विकेट गुमाएपछि समस्यामा परेको थियो । तर क्रुणाल पाण्ड्या र दीपक हुड्डाले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । हुड्डा केही समयमै १३ रन बनाएर आउट भए । त्यसपछि क्रुणाल पाण्ड्याले पनि २८ बलमा ४२ रन बनाएर अगाडि बढे । क्रुणाल बाहेक अरु कुनै खेलाडीले लामो समय टिक्न सकेनन् र प्रत्येक अन्तरालमा विकेटको पतनका कारण लखनउको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १६३ रन मात्रै बनाउन सक्यो ।

यसअघि लखनउको टोलीले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बैंगलोरको खराब सुरुवात रह्यो । पहिलो ओभरमा अनुज रावत र विराट कोहली दुवै पभिलियन फर्किए । दुवैलाई लगातार दुई बलमा दुष्मन्त चमिराले आउट गरे । विराट पहिलो बलमै खाता नखोल्दै आउट भए ।

बैंग्लोरको टोलीले सात रनको स्थितीमा दुई विकेट गुमाएको थियो । तर, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले उत्कृष्ट शट खेल्दै २६ बलमा ३७ रनको साझेदारी गरे । यद्यपि, म्याक्सवेल ११ बलमा २३ रन बनाएर पभिलियन फर्किए । उनलाई क्रुणालले आउट पारेका थिए । यसपछि सुयश प्रभुदेसाई पनि छिट्टै पभिलियन फर्किए ।

६२ रनमा चार विकेट गुमाएपछि बैंगलारको टोली एक समय समस्यामा परेको थियो । तर डु प्लेसिस र शाहबाज अहमदले पाँचौं विकेटका लागि ७० रनको बलियो साझेदारी गर्दै टोलीको स्कोर १३२ रनमा पुर्याएका थिए । शाहबाज २२ बलमा २६ रन बनाएर आउट भए । अर्कोतर्फ, डु प्लेसिसले रन बनाउने क्रम जारी राख्दै आफ्नो अर्धशतक पूरा गरे । उनी अन्तिम ओभरमा ६४ बलमा ९६ रन बनाएर आउट हुँदा दिनेश कार्तिक आठ बलमा १३ रन बनाएर अविजित रहे ।

आजको खेलः दिल्ली क्यापिटल्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे