२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’

प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’
अ अ+ अ-

काठमाडौँ । चलचित्र मनसराको प्रिमियर शो भएको छ ।

बुधवार ललितपुरस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर भएको हो । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकारहरुले गाउँ र शहरसँग जोडिएको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । उनीहरुले सिनेमामा समाजका भुँइमान्छेहरुको कथा उतारिएको बताए । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता खगेन्द्र लामिछानेले चलचित्र नेपाली अग्र्यानिक कथावस्तुमा बनेको भन्दै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले समाजका भुँइमान्छेहरुको कथा चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता निश्चल बस्नेतले चलचित्रले समाजका सानासाना कुरालाई एकै ठाउँमा ल्याएर देखाइएको बताउनु भयो ।

अभिनेत्री मिरुना मगरले चलचित्रमा आफूले दिने भन्दा बढी लिनेकुरा रहेको बताउनु भयो । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणलाई चलचत्रिमा देखाइएको बताउनु भयो । चलचित्र सबैले मन पराइरहेको प्रतिक्रिया पाइरहेको बताउनु भयो । अभिनेता रविन्द्र सिंह बानियाँले सिनेमामा जीवन दर्शन पाएको अनुभुति भएको बताउनु भयो । जीवनलाई सहज र सरल तरिकाले उतारिएको बताउनु भयो । निर्देशक प्रदीप भट्टराईले सिनेमा क्षेत्र एउटा बगैँचा जस्तो भएको भन्दै फरक फरक सिनेमा आउनुपर्ने बताउनु भयो । उहाँले चलचत्रि मनसरा फूलहरुको सिंगो बगैँचा रहेको बताउनु भयो । चलचित्रमा नि:सन्तापनको विकराल समस्यालाई देखाइएको बताउनु भयो । फिल्ममा समाजमा पाच्य नहुने कुरालाई सहज तरिकाले देखाइएको बताउनु भयो ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई सरल रूपमा देखाइएको छ । कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रश्तुत गरेको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । चलचित्र शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ ।