• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’



काठमाडौँ । चलचित्र मनसराको प्रिमियर शो भएको छ ।

बुधवार ललितपुरस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर भएको हो । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकारहरुले गाउँ र शहरसँग जोडिएको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । उनीहरुले सिनेमामा समाजका भुँइमान्छेहरुको कथा उतारिएको बताए । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता खगेन्द्र लामिछानेले चलचित्र नेपाली अग्र्यानिक कथावस्तुमा बनेको भन्दै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले समाजका भुँइमान्छेहरुको कथा चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता निश्चल बस्नेतले चलचित्रले समाजका सानासाना कुरालाई एकै ठाउँमा ल्याएर देखाइएको बताउनु भयो ।

अभिनेत्री मिरुना मगरले चलचित्रमा आफूले दिने भन्दा बढी लिनेकुरा रहेको बताउनु भयो । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणलाई चलचत्रिमा देखाइएको बताउनु भयो । चलचित्र सबैले मन पराइरहेको प्रतिक्रिया पाइरहेको बताउनु भयो । अभिनेता रविन्द्र सिंह बानियाँले सिनेमामा जीवन दर्शन पाएको अनुभुति भएको बताउनु भयो । जीवनलाई सहज र सरल तरिकाले उतारिएको बताउनु भयो । निर्देशक प्रदीप भट्टराईले सिनेमा क्षेत्र एउटा बगैँचा जस्तो भएको भन्दै फरक फरक सिनेमा आउनुपर्ने बताउनु भयो । उहाँले चलचत्रि मनसरा फूलहरुको सिंगो बगैँचा रहेको बताउनु भयो । चलचित्रमा नि:सन्तापनको विकराल समस्यालाई देखाइएको बताउनु भयो । फिल्ममा समाजमा पाच्य नहुने कुरालाई सहज तरिकाले देखाइएको बताउनु भयो ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई सरल रूपमा देखाइएको छ । कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रश्तुत गरेको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । चलचित्र शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ ।