२१ भाद्र २०८३, आईतवार
,
Latest
भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने



फाईल फोटो
अ+ अ-

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा सङ्कलन प्रवेश शुल्क निर्धारण गरिएको छ । अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ ।

चैतदेखि पाटनमा यार्सा उम्रिने सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताउनुभयो । गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ ।

मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा सङ्कलन गर्न जिल्ला बाहिर र जिल्लाबासी बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन् । छोटो समयमा यार्सा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीका काम गर्नसक्ने उमेर स्थानीय बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छाडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिकमात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ । मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ । यार्सा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा सङ्कलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङ्दाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ । यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्ला बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ र मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छे पाटनमा पुग्ने गर्दछन् ।

सङ्कलकबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारी हेलिकप्टरमै पाटनमा आउने गरेका छन् । गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीन जना सङ्कलकको हिउँपहिरोमा परी मृत्यु भएको थियो । रासस