१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं

मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्नुभएको छ ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरपालिकालाई सुझाव दिनुभयो । काठमाडौं महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने ? भनि प्रश्न पनि गर्नुभयो । सुकुम्वासीहरुको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । उहाँले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘सरकारले सबभन्दा बढि जोड गरिवी निवारणमा दिनुपर्दछ । मान्छे भोकै नपरुन्, भोकले कोही नमरुन । त्यसैकारण म पहिलोपटक प्रधानमन्त्री हुँदा मैले भने–नेपाल जस्तो देशमा अव मान्छे भोकै पर्दैन, भोकले मर्दैन । सरकार छ, त्यो हुन दिइँदैन भनेर भने मैले । अलि पछाडि म हटाइए । फेरि त्यो अभियान रोकियो । अर्को पटक म प्रधानमन्त्री हुँदा फेरि मैले त्यो कुरालाई अघि बढाए । हामीले सडक बालबालिकालाई उठायौं । हाम्रा छोराछोरी खाते हुन सक्दैनन् । भविष्यमा राष्ट्रपति हुन्छ कि के हुन्छ ? त्यस्तो मान्छेलाई खाते बनाएर सडकमा छोड्ने हामीले ? भोलि प्रधानमन्त्री हुन्छ कि के हुन्छ ? त्यस्तोलाई अवसर नै नदिएर सडकमा भोकभोकै तड्पाएर, गल्लीमा सुत्ने बनाएर छोड्ने हामीले ? अनि फेरि हामी सरकार चलाउँछांै ? हामी सरकार हौं भनेर बस्छौं । यस्तो हुँदैन । सडकमा मान्छे अलपत्र छ । अलपत्रलाई हेर्ने, बुढाबुढी अलपत्र छन् भने उनीहरुलाई हेर्ने त्यो व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिकहरु अलपत्र नपरुन भनेर हामीले भत्ताको व्यवस्था गरेको हो । सडकमा अलपत्र मानिसहरुलाई विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर हामीले सडकबाट उठाउने काम गर्‍यौं । र उनीहरुको व्यवस्था गर्ने काम गर्‍यौं । अलपत्र अनाथ बालबालिकाहरु, उनीहरुलाई सडकबाट उठाउने र शिक्षाको प्रवन्ध गर्ने काम गर्‍यौं ।

सुकुम्वासी समस्या समाधानका लागि आयोग बनाएर यो समस्या समाधान गर्ने बिन्दुमा पुग्यो भन्दा सरकार ढालियो । अहिले हामी सरकारमा आयौ । अगाडि बढाउन खोज्यौं कर्मचारीतन्त्रमा रहेका केही व्यक्तिहरु त्यसको बाधक बनेर उभिन खोजेका छन् । अदालत राम्ररी विषयको अध्ययन नगरीकन कतिपय प्रश्नहरुमा फैसला गरिदिने अवस्था देखिन्छ । देशप्रति, देशका जनताप्रति, देशले भोगिरहेका समस्याप्रति, जनताले भोगीरहेका समस्याप्रति जिम्मेवार हुन्, गम्भिर हुन म सबैलाई आग्रह गर्न चाहन्छु । सुकुम्वासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने त के भयो र । सुकम्वासीहरुलाई लखेटी दिए भयो । मारिदिए भयो । जे पनि गर्ने हो भने । तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा । त्यसको व्यवस्थापन गर्नुपर्छ । समस्या समाधान गर्नुपर्छ । जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रिय सरकार होस कि, प्रदेश सरकार होस कि, स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुतरदायी, गरिव भनेको देख्न नसक्ने, सुकुम्बासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिँए–सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर । सुकुम्वासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बञ्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो । डोजर देखाउने होइन सुकुम्बासीलाई । डोजर गरिवले नै चलाउने हुन् । कुनै धनीले, पुँजीपतिले डोजर चलाएको थाहा छैन । गरिवका छोरोले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिव बस्तीका बिरुद्ध एउटा गरिवकै छोराछोरीलाई डोजरको टाउकामा बसेर गरिवकै बस्ती भत्काउन, गरिवकै छाप्रा भत्काउन नलगाऔं । व्यवस्थापन गरौं । केही व्यवस्थापन गरौं । यत्रो देशमा यति जनता व्यवस्थापन गर्न पुग्ने जमिन छ, ठाउँ छ । अवसर छ । ती चिजहरु गरौं । नगरपालिकासँग यति धेरै पैसा छन् भने सुकुम्बासी बस्तीको एउटा छेउमा घरहरु बनाई दिउँ न त ४/५ तले घर लस्करै बनाई दिउँ । ४८ सय परिवार रहेछ । उपत्यकाको कुरा गर्दैछु । ४८ सय मान्छेको परिवार भनेको एउटा किचन, एउटा बाथरोम, दुई वटा, तीन वटा कोठा छुट्टयाएको एउटा सानो फ्लाट भए त पुग्छ त । त्यत्तिका दरले बनाई दिन सक्दै नसक्ने कुरा होइन । योजनावद्ध ढंगले बनाई दिउन ।

आवासको समस्या समाधान भयो । कमसेकम निर्माणका लागि चलाउन अभियान । भत्काउने अभियान होइन, बनाउने अभियान चलाउन । सुकुम्वासीहरुको बस्ती बनाऔं । फोहोर ठाउँहरुलाई सफा बनाऔं । रोजगारीको अवसरहरु सृजना गरौं । व्यवसाय शुरु गर्नका लागि केही पैसाको व्यवस्था गरौं । म सरकारसँग यही विषयमा अहिले गम्भिरताका साथ कुरा गरिरहेको छु । अहिले हाम्रो पार्टी पनि सरकारमा छ । यो पार्टी सरकारमा गएको कुनै कानमा कुण्डल झुन्डयाउन होइन । जनताको काम गर्न गएको हो । त्यसकारण अहिले हामी प्रयास अगाडि बढाउँदै छौं । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु– समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन । सुकुम्बासी माथि ज्यादति गर्‍यो भने अनि सुकुम्बासीहरु त्यसको प्रतिरोधमा उत्रिन्छन् । त्यसकारण ज्यादति सुकुम्वासीमाथि नगरौं । कहीँ हेप्ने मानिस भेटिएन । अनि, सुकुम्वासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छ ? त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौं । कसरी हुन सक्छ ? त्यतापट्टी लागौं ।

नक्कली सुकुम्वासी सुकुम्वासी मान्नुपर्छ भन्ने छैन । यो चाँही नक्कली सुकुम्वासी हो भनेर किटान गरिदिउ । नक्कली सुकुम्बासी छन, त्यहाँ छोराछोरी डाक्टर भएका छन, इन्जिनियर । डाक्टरमा आमाबुबा सुकुम्वासी हुन्छ ? भन्ने । अनि सुकुम्बासी हुँदा बच्चा जन्मिदैन ? बच्चा जन्मेपछि पढदैन ? गाउँको स्कुलमा पढेर डाक्टर, ईन्जिनियर हुँदैन ? सुकुम्बासी हुँदाहुँदै डाक्टर, इन्जिनियर भयो । अब उसले घर बनाउन त सकेको छैन । त्यसकारण डाक्टर, इन्जिनियर भयो । बनिबुथो गरेर भयो । भर्खर जागिर खाँदैछ । अब पछि बनौला । तर अहिले तत्काल ती सुकुम्वासी बस्तीमै बस्छ । ए डाक्टरका बाबुआमा रहेछन, इन्जियरका बाबुआमा रहेछन । पढिहाल्छन् नि । यसमा हामीले धन्यवाद भन्नुपर्छ कि सुकुम्वासी भएर पनि छोराछोरीलाई दु:ख गरेर भएपनि डाक्टर, इन्जिनियर पढाएछन भनेर धन्यवाद दिनुपर्छ । ’

अध्यक्ष ओलीले सुकुम्वासीमाथि ज्यादति नगर्न पनि पटकपटक आग्रह गर्नुभयो । त्यस अवसरमा उहाँले सुकुम्वासी समस्या समाधानमा आफूले सरकारमा रहँदा काम गरेपनि हटेपछि अघि बढ्न नसकेको जिकिर पनि गर्नुभयो ।