५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित कुमार पौडेलले विश्वकपका लागि छनोट गरिएको टोली बेस्ट रहेको बताएका छन् ।

बिहीबार वेस्ट इन्डिज एसँग हार बेहोरेपछि पत्रकारहरुसँग बोल्दै रोहितले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । उनले भने, ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मात्रै आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको छ । रोहितले आफूहरुले ठीक निर्णय लिन नसकेको र धैर्यतासाथ खेल्न नसकेको कारण सिरीज गुमाउन परेको बताए । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको उनको भनाइ छ ।

आजको खेलमा कप्तान रोहित एक्लैले ८२ रन बनाए । उनले अघिल्ला दुई खेलमा पनि शतक र अर्धशतक बनाएका थिए ।