१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही

कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभइ सडक चाहिएको बताउनुभएको छ ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री र सरकारले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । उहाँले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गर्नुभयो । उहाँले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘६ किलोमिटर बाटो धौधौ गरी पिच गरेको छु । अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हमी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्‍यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ ? कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो । सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ । मन्त्रालयमा गयो कर्मचारीहरुको त्यस्तै छ । एउटा फाइल ६ महिनाअघि बनाउ भनेको अहिलेसम्म बनाउँदैन । यताको फाइल उता, उताको यता । हामी कार्यालयको सहयोगी जस्तो यता र उता फाइल बोकेर हिँड्नुपरेको छ । यहाँ सुरुङ मार्ग, रेलका कुराहरु आए । आकाशे पुलका कुरा आए । हामीलाई सुरुङ मार्ग, रेल चाहिएको छैन, कर्णालीलाई सडक चाहिएको छ ।’

सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताउनु भयो । उहाँले पहुँचका आधारमा बजेट विनियोजन भए संसद, सडक र मन्त्रालय घेर्न तयार रहेको बताउनु भयो ।