१ असार २०८३, सोमबार
,
Latest
काम नगर्ने ठेकेदारलाई ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारतबाट अफगानिस्तानमा मानवीय सहायताको ढुवानी अवधि बढायो



अ+ अ-

इस्लामाबाद । पाकिस्तानी सरकारले भारतबाट अफगानिस्तानमा मानवीय सहायताको ओभरल्याण्ड ढुवानीका लागि समयावधि बढाउनका लागि भारतको अनुरोधलाई स्वीकार गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार उक्त अवधि मार्च २१ मा समाप्त भएको थियो ।

“अफगानिस्तानमा मानवीय सङ्कटलाई सम्बोधन गर्ने हाम्रो इमानदार प्रयासको अभिव्यक्तिका रूपमा यातायात पूरा गर्न सुविधाका लागि दुई महिना थप्ने निर्णय गरिएको छ”, मन्त्रालयले आइतबार राति एक विज्ञप्तिमा भन्यो।

भारत सरकारले हालै यातायात प्रक्रिया पूरा गर्न म्याद थप गर्न अनुरोध गरेको मन्त्रालयले बताएको छ ।

“पाकिस्तानले गत वर्ष नोभेम्बरमा ‘अफगान जनतालाई विशेष संकेतका रूपमा’ ५० हजार मेट्रिक टन गहुँ र मानवीय सहायताका रूपमा जीवन बचाउने औषधिको ढुवानीलाई अनुमोदन गरेको थियो”, विज्ञप्तिमा भनिएको छ।

व्यवस्थाअनुसार भारतसँगको अटारी–वाघा सीमानाबाट पाकिस्तान–अफगानिस्तान सीमासम्म ‘मानवीय उद्देश्यका लागि असाधारण आधारमा’ यातायात सञ्चालन गरिनेछ।

भारतले अगस्ट २०१९ मा भारत नियन्त्रित कश्मीरको विशेष दर्जा खारेज गरेपछि पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिएको छ।

पाकिस्तानले आफ्नो कूटनीतिक सम्बन्धलाई डाउनग्रेड गरेको छ र भारतसँगको व्यापार सम्बन्ध र रेल सेवा स्थगित गरेको छ। (सिन्ह्वा)




भर्खरै