३ भाद्र २०८३, बुधबार
,
Latest
बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनुभएको छ ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो ।

प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उहाँको भनाइ थियो । सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उहाँले बताउनुभयो । त्यसका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो ।