२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने– कृषिमन्त्री मगर



अ+ अ-

मोरङ । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायीकरण गरी कृषि तथा पशु पन्छीका लागि अवश्यक वस्तुको उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आबद्ध भएकाले यस पेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा प्रदेशका १४ जिल्लाका २०० जना प्राविधिकको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।