• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

रुस ‘शत्रु’ देशहरूलाई खाद्यान्न आपूर्तिमा ‘अधिक विवेकी’ : पुटिन



फाईल फोटो

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस यस वर्ष खाद्यान्न निर्यातमा बढी विवेकी हुने बताएका छन् । उनले विशेषगरी रूसप्रति शत्रुतापूर्ण नीति अपनाइरहेका देशहरूप्रति खाद्यान्न निर्यातमा बढी विवेकी बन्ने बताएका हुन् ।

एक बैठकमा देशको कृषि क्षेत्रलाई सहयोग गर्ने उल्लेख गर्दै पुटिनले भने, “यस वर्ष विश्वव्यापी खाद्यान्न अभावको पृष्ठभूमिमा हामीले विदेशमा हाम्रो खाद्यान्न आपूर्तिमा अझ विवेकशील हुनुपर्छ । अर्थात् हामीसँग स्पष्टरूपमा शत्रुतापूर्ण देशहरूमा त्यस्ता निर्यातका मापदण्डहरू होसियारीपूर्वक अनुगमन गर्नुपर्छ ।”

उनका अनुसार बढ्दो उत्पादन मात्राले रूसमा खाद्यान्नको मूल्य विश्व बजारमा भन्दा कम छ भन्ने सुनिश्चित गर्न सम्भव बनाउँछ। “खाद्य आत्मनिर्भरता रूसको प्रतिस्पर्धात्मक लाभ हो र देशले आफ्ना जनतालाई विश्व खाद्य बजारमा मूल्य उतार–चढावबाट जोगाउनु पर्छ”, पुटिनले भने।

रूस विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातक हो। जुन ३०, २०२१ मा समाप्त भएको पछिल्लो कृषि वर्षमा रूसले तीन करोड ८४ लाख टन गहुँसहित चार करोड ९० लाख टन अन्न निर्यात गरेको इन्टरफ्याक्स समाचार एजेन्सीले बताएको छ । सिन्ह्वा