• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   संवैधानिक परिषदमा बहुमत पुर्‍याउन चलखेल भयो: रास्वपा ★   ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ★   बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरुको माग ★   बेचन झालाई सर्वोच्चले दिएन रिहा हुने आदेश ★   नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि ★   सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी ★   बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो ★   सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार ★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप – फोटोफिचर



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप शनिबार स्वदेश फर्किएका हुन् । सन्दीपले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध दुई खेल खेलेका थिए । उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै टी–२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोशेढुंगा छोएका छन् ।

सन्दीपले अमेरिकाको भिसा नपाएपछि अमेरिकामा भएका दुई खेल भने गुमाएका थिए । नेपाली क्रिकेट टोली यसअघि नै नेपाल फर्किसकेको छ ।

तस्बिरः क्यान